पोखरामा करेन्ट लागेर ४७ वर्षीय पुरुषकाे मृत्यु



पोखरा

पोखरामा करेन्ट लागेर पोखरा १४ मझेरीपाटनका ४७ वर्षीय भक्तबहादुर पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार शुक्रबार बिहान साढे ८ बजेतिर विद्युत मर्मतको लागि बिजुलीको खम्बामा चढेका पोखरेल करेन्ट लागेपछि पोलबाट खसेका थिए । घाइते पोखरेललाई उपचारको लागि गण्डकी मेडिकल कलेज ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शवलाई पोष्टर्माटमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएकाे छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja