राप्रपाद्वारा विभिन्न १९ बुँदे मागसहित पोखरामा विरोध प्रदर्शन



पोखरा

राष्ट्रिय प्रजातन्त्र पार्टीले विभिन्न १९ बुँदे मागसहित पोखरामा विरोध प्रदर्शन गरेको छ ।

दैनिक उपभोग्य सामाग्रीमा भएको मूल्य वृद्धिको विरोधसँगै राजसंस्थासहितको प्रजातन्त्र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको व्यवस्था र नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नुपर्नेसम्मका माग राख्दै पार्टीले विरोध गरेको हो ।

सोही क्रममा पार्टीले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत प्रधानमन्त्री कार्यालयलाई १९ बुंदे मागसहितको ज्ञापनपत्र समेत बुझाएको छ । पछिल्लो समय देशमा देखिएको भ्रष्टाचार र कृषकले मल, बिऊविजन नपाउँदाको समस्यालाई पनि चाँडोभन्दा चाँडो व्यवस्थित गर्नुपर्ने राप्रपाले माग गरेको छ ।

त्योसँगै शिक्षा स्वास्थ्य निःशुल्क गर्नुपर्ने, विदेशमा भएका नेपालीहरुको मताधिकार सुनिश्चित गर्नुपर्ने, सबैखाले विभेद अन्त्य गर्नुपर्ने, भूमीहिन र सुकुम्बासीको समस्या तत्काल समाधान गर्नुपर्ने लगाएतका मागहरु पार्टीले राखेको छ । मागपत्रमा पार्टीले पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिनुपर्नेमा जोड दिएको छ ।

यस्तै, देशभरी भत्काइएका ऐतिहासिक व्यक्तिहरुको शालिक संरक्षण तथा पुनर्निर्माण गर्नुपर्ने र संघीयताको प्रादेशिक तह खारेज गर्नुपर्ने जस्ता मागहरु ज्ञापनपत्रमा उल्लेख छन् ।

पार्टीले एक घर, एक रोजगारीको कार्यक्रम कार्यान्वयन गर्न, दोहोरो करको खारेजीसँगै राज्यले सीमाक्षेत्रमा भएका अतिक्रमित भूमि फिर्ता लिन कुटनीतिक पहल गर्न दबाब दिने गरि आन्दोलन अगाडि बढाउने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja