लागुऔषधसहित पोखराकी एक युवती पक्राउ



पोखरा

जिल्ला प्रहरी कार्यालय तनहुँले मंगलबार लागुऔषधसहित दुई युवतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका वडा नं. ४ शाखरटोल डेरा गरी बस्ने पोखरा घर भएकी वर्षीया २२ की सुजा गुरुङ र नवलपरासीकी वर्ष २१ की रिस्पा तामाङ रहेका छन् । 

लागुऔषधको कारोबार गरिरहेका सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता युवराज खड्काले जानकारी दिए । 

डिएसपी खड्काका अनुसार उनीहरुको डेरा खानतलासी गर्दा डाईजेपामको एम्पुल ७०, फेनेरागनको एम्पुल ७१ र नुफिनको एम्पुल ७० एम्पुल गरी जम्मा २११ एम्पुल लागुऔषध बरामद भएको छ ।

उनीहरुलाई बुधबार तनहुँ जिल्ला अदालतबाट १० दिनको म्याद लिई आवश्यक अनुसन्धान कार्य भइरहेको डिएसपी खड्काले बताए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja