मंकीपक्स भाइरस संक्रमणको केन्द्र बन्दै युरोप



पोखरा

युरोप महाद्वीप अहिले मंकीपक्स संक्रमणको केन्द्र बनेको विश्व स्वास्थ्य संगठनको युरोपेली क्षेत्रीय कार्यालयले जनाएको छ ।

पछिल्ला केही महिनाहरूमा युरोपभर संक्रमण दरमा बृद्धि भएको छ, जसका कारण अधिकारीहरू चिन्तित बनेका छन् । विश्व स्वास्थ्य संगठनको आधिकारिक तथ्यांकअनुसार विश्वमा कुल सङ्क्रमित संख्याको लगभग ८५ प्रतिशत युरोपका २५ देशहरूमा छन् ।

अफ्रिकाबाट उत्पत्ति भएको मोन्कीपक्स भाइरस डरलाग्दो रुपमा फैलिरहेको छ  । डब्ल्यूएचओले यसलाई अन्तर्राष्ट्रिय स्वास्थ्य आपतकालको रूपमा वर्गीकरण भने गरेको छैन् ।

‘यस प्रकोपको परिमाणले वास्तविक जोखिम निम्त्याउँछ । भाइरस जति लामो समयसम्म फैलिन्छ, त्यति नै यसको पहुँच विस्तार हुनेछ’, युरोपका लागि डब्लूएचओका क्षेत्रीय निर्देशक हान्स क्लुगको भनाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja