गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका खेलाडीको बिमा गर्ने 



पोखरा

गण्डकी प्रदेश सरकारले प्रदेशभित्रका खेलाडीको बिमा गर्ने भएको छ ।

प्रदेश सरकारका अर्थमन्त्री रामजीप्रसाद बरालले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको बजेटमा सो कार्यक्रम उल्लेख गरिएको छ ।  बजेटमा प्रदेशभित्र रहेका प्रादेशिक तथा राष्ट्रिय स्तरका खेलाडीको बिमा गरिने उनले बताए ।

साथै प्रदेशमा साहसिक खेलकुदको विकासका लागि आवश्यक बजेटको व्यवस्था रहेको बरालको भनाइ छ । यसका साथै विगतको बजेटमा व्यवस्था गरिएको ‘एक स्थानीय तह, एक खेल मैदान’ कार्यक्रमलाई बजेटमा निरन्तरता दिइएको छ । 

गण्डकी प्रदेशको राजधानी पोखरामा एउटा सुविधासम्पन्न रंगशाला रहे पनि बाँकी जिल्लामा खेलकुद गतिविधिहरु हुन सकेका छैनन् । गण्डकी प्रदेशलाई भलिबल खेलको सम्भावना भएको प्रदेशका रुपमा लिने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja