लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली डिस्चार्ज 



पोखरा

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमला वली अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

मंगलबार राति करिब १ बजे बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएकी वली बिहीबार दिउँसो ११ बजे डिस्चार्ज भएकी हुन् ।

दाङबाट बुटवलमा आएकी उनलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेकोले डिस्चार्ज गरिएको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी दिए । पछिल्लो समय स्वास्थ्य अवस्था स्थिर रहेकोले आराम र औषधी सेवन गर्ने गरी डिस्चार्ज गरिएको उनले जानकारी दिए ।

उनी अस्पतालबाट बुटवलस्थित निवासमा गएको उनी निकट स्रोतले जनाएको छ।मंगलबार बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा राज्यमन्त्री वलीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

यो घटना छानबिनका लागि लुम्बिनी प्रदेश सरकारले समिति नै गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja