गण्डकी प्रदेशको बजेट ३५ अर्ब ९० करोड ९० लाख



पोखरा

गण्डकी सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३६ अर्बको बजेट सार्वजनिक गरेको छ ।

आउँदो वर्ष खर्च गर्ने गरी ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको हो । यसमध्ये चालूतर्फ १३ अर्ब २६ करोड ८८ लाख अर्थात् ३५.९५ प्रतिशत र पुँजीगततर्फ २२ अर्ब १४ करोड १ लाख अर्थात् ६१.६६ प्रतिशत विनियोजन भएको छ ।

वित्तीय व्यवस्था तर्फ ५० करोड अर्थात् १.३९ प्रतिशत विनियोजन भएको अर्थमन्त्री रामजी बरालले जानकारी दिए । सरकारले आगामी वर्ष स्थानीय सरकारलाई वित्तीय हस्तान्तरणमा २ अर्ब ११ करोड १० लाख दिनेछ भने १ करोड ८८ लाख सञ्चित कोषमा व्ययभार हुने अनुमान छ ।

बजेटमध्ये सबैभन्दा धेरै नेपाल सरकारको अनुदानमा निर्भर छ । नेपाल सरकारबाट वित्तीय समानीकरण ७ अर्ब ९२ करोड ७९ लाख, राजश्व बाँडफाँटबाट ९ अर्ब २३ करोड ९९ लाख, सशर्त अनुदानमा ६ अर्ब ९१ करोड ८३ लाख, समपुरक ८३ करोड ७० लाख र विशेष अनुदानमा ८६ करोड पाउने अनुमान सरकारले गरेको छ ।

यस्तै, ५ अर्ब ९ करोड आन्तरिक आम्दानी हुने तथा रोयल्टी बाँडफाँटबाट ३२ करोड ५० लाख पाउने अनुमान छ । यो वर्ष खर्च गरेर २ अर्ब ७१ करोड रुपैयाँ बाँकी रहने अनुमान छ भने नपुग हुने २ अर्ब रकममध्ये १ अर्ब आन्तरिक ऋण र १ अर्ब नेपाल सरकारबाट ऋण लिने बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja