गण्डकी प्रदेशले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दै



गण्डकी प्रदेश सरकारले आज आर्थिक वर्ष २०७९/८० को बजेट सार्वजनिक गर्दैछ ।

अर्थमन्त्री रामजीप्रसाद बरालले आज दिउँसो ४ बजे प्रदेश सरकारको आय व्यय प्रदेशसभा बैठकमा सार्वजनिक गर्ने कार्यक्रम छ । आगामी आर्थिक वर्षका लागि ३६ देखि ३८ अर्बसम्म आकारको बजेट ल्याउने तयारी रहेको अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार अहिलेको बजेट चुनाव लक्षित हो ।

चालु आर्थिक वर्षका लागि कृष्णचन्द्र नेपाली नेतृत्वको सरकारले ३० अर्ब ९० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको थियो । यद्यपि सो बजेट जेठसम्ममा २२ प्रतिशत मात्रै खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । जेठ २४ मा नीति तथा कार्यक्रम ल्याएको सरकारले लोकप्रिय कार्यक्रम समेटेर बजेट ल्याउने भएको हो ।

सरकारको नीति तथा कार्यक्रम सोमबार प्रदेश सभा बैठकबाट बहुमतले पारित भइसकेको छ ।आगामी आर्थिक वर्षको लागि बजेटको आकार केही बढ्ने अर्थमन्त्री बरालले बताएका छन् । चालु वर्षमा खर्च हुन नसकेको बजेट र आन्तरिक स्रोत साथै आन्तरिक ऋण बढाएर सरकारले बजेटको आकार बढाउने तयारी गरेको अर्थ मन्त्रालयले जनाएको छ ।

यस्तै, सरकारले नजिकिदै गरेको संघीय र प्रदेशको निर्वाचनलाई लक्षित गर्दै सांसदलाई बजेट दिने तयारीसमेत गरेको छ । सत्तापक्षका सांसदलाई प्रतिसांसद ५ करोड र प्रतिपक्षी सांसदलाई एकमुष्ट ३५ करोड रुपैयाँ दिन लागेको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja