तनहुँकोमा व्यास नगरपालिका र म्याग्दे जोड्ने साँघेखेलामा झोलुङ्गे पुल निर्माण



पोखरा

तनहुँको व्यास नगरपालिका-७ र म्याग्दे गाउँपालिका-६ जोड्ने साँघेखेलामा झोलुङ्गे पुल निर्माण गरिएको छ । नेपाल सरकार र म्याग्दे गाउँपालिकाको कूल रु ४३ लाख १० हजार ६१ को लागतमा उक्त पुल निर्माण गरिएको  हो । 

नेपाल सरकारको ८५ प्रतिशत र म्याग्दे गाउँपालिकाको आन्तरिक स्रोतबाट १५ प्रतिशत बजेट विनियोजन भएसँगै निर्माण थालिएको खोला लामेरह पानी घट्टा झोलुङ्गे पुल निर्माण समितिका अध्यक्ष रेखबहादुर थापाले जानकारी दिए ।  

विसं ०७८ चैत १३ गते सुरु गरी विसं ०७९ असार १५ भित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएकामा निर्माण कार्य अन्तिम चरणमा पुगेको उनले बताए । सठसठ्ठी मिटर लामो पुल निर्माणपछि दुई पालिकाका करिब पाँचसय मानिसहरु प्रत्यक्ष लाभान्वित हुने गैरसरकारी संस्था समन्वय समिति जिल्ला शाखाका झोलुङ्गे पुल कार्यक्रम संयोजक राजेश्वर हड्खलेले जानकारी दिए । 

गैरसरकारी संस्था समन्वय समितिले पुल निर्माणका लागि परामर्श र प्राविधिक सहयोगको भूमिका निर्वाह गर्दै आएको उनले बताए। उक्त स्थानमा पुल नहुँदा बर्सेनि मानवीय क्षतिसमेत हुँदै आएकाले  विगत लामो समयदेखि पुल निर्माणका लागि स्थानीयवासीले माग गर्दै आएका थिए । पुल निर्माणपश्चात् म्याग्दे गाउँपालिका-६ सर्वालाङ्गका बासिन्दाले एक घण्टा हिँड्नुपर्नेमा बाध्यता अन्त्य हुनाका साथै छोटो दूरीमा आवतजावत गर्न पाउने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja