नेविसंघद्वारा सबै विद्यार्थीलाई सहुलियतको विद्युतीय चुलो वितरण गर्न माग



पोखरा

नेपाल विद्यार्थी संघले सबै विद्यार्थीका लागि सहुलियतको विद्युतीय चुलो वितरण गर्न माग गरेको छ ।

सरकारले आदिवासी, दलित, जनजाति विद्यार्थीलाई सहुलियत दरको चुलो वितरण गर्ने निर्णय गरेको थियो । अन्य विद्यार्थीलाई पनि उक्त सेवा प्रदान गर्न संघले माग गरेको छ ।वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रका प्रमुखलाई भेटेर मागपत्र बुझाएको संघका अध्यक्ष दुजाङ शेर्पाले जानकारी दिए ।

आवश्यकताका सिद्धान्त अनुसार सम्पूर्ण विद्यार्थीहरुलाई सहुलियतमा विद्युतीय चुलो वितरण गर्नका संघले माग गरेको छ ।जेठ २५ मा सूचना निकालेर सरकारले आदिवासी, दलित र जनजाति विद्यार्थीलाई सहुलियत दरको चुलो उपलब्ध गराउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja