१ जनवरीभन्दा पहिले नै प्याराग्लाइडिङ विस्थापित गर्नुपर्ने प्राधिकरणको निर्देशन



पोखरा

पोखराको पहिचान बनेको प्याराग्लाइडिङ स्थानान्तरण गर्न नागरिक उड्ययन प्राधिकरणले निर्देशन दिइसकेकाे छ । आउँदो १ जनवरीभन्दा पहिले नै प्याराग्लाइडिङ विस्थापित गर्नुपर्ने प्राधिकरणको निर्देशन छ । यहाँबाट जहाज उड्नुअघि नै प्याराग्लाइडिङलाई पोखराबाट हटाउनु पर्ने सर्त छ ।

‘अन्तराष्ट्रिय उडान गर्ने भए पोखरामा प्याराग्लाइडिङ सम्भव छैन । मैले साथीहरूलाई त्यहि भनिदिएको छु,’ प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले भने, ‘पोखरामा अब प्याराग्लाइडिङ उड्न सम्भव छैन ।’ उडानको सुरक्षाका लागि यहाँ हवाई गतिविधि गर्न नमिल्ने भएको हो ।

सराङकोट र आसपासका डाँडाबाट दैनिक पोखरामा सयौं प्याराग्लाइडर उड्छन् । पोखरा आउने पर्यटकका लागि महत्वपूर्ण आकर्षण हो, प्याराग्लाइडिङ । तर, अन्तराष्ट्रिय विमानस्थलका कारण यो व्यवसाय पोखराबाट विस्थापित हुने भएको छ । प्राधिकरणले अंग्रेजी नयाँ वर्षबाट अन्तराष्ट्रिय उडान थाल्ने तयारीअनुसार प्याराग्लाइडिङ सार्न व्यवसायीलाई बोलाएरै आग्रह गरेको हो ।

पोखराबाट वर्षेनी एक लाख ५० हजार पर्यटकले प्याराग्लाइडिङ गर्छन् । ६० वटा कम्पनीले यहाँ प्याराग्लाइडिङको सुविधा दिएको छ । ६ सयभन्दा बढी कर्मचारी यो व्यवसायमा प्रत्यक्ष आबद्ध छन् । व्यवसायीहरूले भने प्याराग्लाइडिङ विस्थापित गर्दा पोखराको पर्यटनमै धक्का लाग्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja