स्याङ्जामा लागूऔषधसहित पोखरा हरिचोकका एक युवक पक्राउ



पोखरा

जिल्ला प्रहरी कार्यालय स्याङ्जाले आइतबार लागूऔषधसहित पोखरा ममहानगरपालिका वडा नं. १ हरिचोकका बर्ष २४ का रोशन बराइलीलाई पक्राउ गरेको छ । 

उनी सुनौलीबाट पोखरातर्फ आउनेक्रममा पुतलीबजार नगरपालिका वडा नं. १० स्थित सिद्धार्थ राजमार्गमा बा४ख १४२१ नम्बरको हाईस चेकचाँच गर्नेक्रममा पक्राउ परेका हुन् । बराइलीको साथबाट फेनेरागन ३५ एम्पुल, नूफाइन ३५ एम्पुल र डाइजापाम ३४ एम्पुल समेत गरी जम्मा १०४ एम्पुल लागुऔषध बरामद भएको प्रहरी निरीक्षक पदमराज थापाले जानकारी दिए ।  बराइलीलाई जिल्ला अदालतबाट म्याद थप अनुमति लिई थप अनुसन्धान शुरु गरिएको प्रहरी निरीक्षक थापाले बताए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja