गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित



पोखरा

गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

सोमबार बसेको गण्डकी प्रदेशसभाको बैठकमा आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । प्रदेश सरकार गठनपछि पाँच वर्षे कार्यकालको यो अन्तिम नीति तथा कार्यक्रम हो । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले जेठ २४ को संसद् बैठकमा नीति कार्यक्रम पेस गरेका थिए ।

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले जवाफ दिएपछि बहुमत सांसदले समर्थन जनाएका थिए । गण्डकी प्रदेशसभामा सभामुख र उपसभामुखसहित ५८ जना सदस्यै सहभागी थिए ।

प्रदेशका सबै सदस्यले नीति तथा कार्यक्रममाथि धारण राखेका थिए । प्रतिपक्ष दल एमालेले नीति तथा कार्यक्रममा पुरानै योजना त्यसमा पनि साना टुक्रे कार्यक्रम ल्याएको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो । सत्तापक्षले भने सरकारले सबै वर्गलाई छुने नीति तथा कार्यक्रम ल्याएको भन्दै सरकारको बचाउ गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja