‘कबड्डी ४’ अहिले सम्मकै सबैभन्दा धेरै कमाउने नेपाली फिल्म



पोखरा

‘कबड्डी ४’ले सबैभन्दा धेरै कमाउने नेपाली फिल्मको कीर्तिमान कायम गरेको छ । फिल्मले तेस्रो शनिबारसम्म कुल २० करोड ५ लाख रुपैयाँ ग्रस कमाएको छ । यो कुल कमाइमा काठमाडौं उपत्यकाबाट १० करोड ७५ लाख र मोफसलबाट ९ करोड ३० लाख रुपैयाँ भन्दा बढी ग्रस कलेक्सन छ । आइतबारको विवरण आउन बाँकी छ ।

फिल्मले दोस्रो सातासम्म १८ करोड ७१ लाख रुपैयाँ ग्रस कमाएको थियो । यो कमाइसँगै फिल्मले सबैभन्दा धेरै कमाउने ‘छक्कापञ्जा ३’को कीर्तिमान पनि तोडेको छ । दीपकराज गिरीको उक्त फिल्मले पनि २० करोड कमाइ गरेको जनाइएको छ । भारतीय फिल्म ‘बाहुबली २’ को कुल कमाइ नेपालमा २३ करोड जनाइएको छ । भारतीय फिल्मको यो कीर्तिमानलाई पनि ‘कबड्डी ४’ले उछिन्ने प्रक्षेपण छ ।‘कबड्डी ४’ शुक्रबारदेखि भारतमा पनि प्रदर्शन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja