लमजुङबाट ४४ हजार नगदसहित ७ जना जुवाडे पक्राउ



पोखरा

लमजुङ प्रहरीले सदरमुकाम बेँसीशहरबाट ४४ हजार ७ सय ७० रुपैयाँ नगदसहित सात जना जुवाडेलाई पक्राउ गरेको छ ।

प्रहरीले शनिबार दिउँसो २ बजेको समयमा बेँसीशहर ७ पुरानो बैंकचोक स्थित बुद्धि कुमार श्रेष्ठको घरमा हार जितको बाजी राखी जुवा तास खेल्दै गरेका सात जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बेँसीशहर नगरपालिकाका तीन जना, मर्स्याङ्दी गाउँपालिकाका दुई जना, दोर्दी गाउँपालिकाको एक जना र नवलपरासी जिल्लाका एक जना रहेका छन् ।

प्रहरीले उनीहरूको साथबाट १६० पत्ती तास र नगद ४४ हजार ७ सय ७० रुपैयाँ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय लमजुङका सूचना अधिकारी इन्स्पेक्टर जगदीश रेग्मीले बताए । उनका अनुसार आइतबार सार्वजनिक बिदा परेका कारण उनीहरूलाई सोमबार जिल्ला प्रशासन कार्यालय लमजुङमा म्याद थप गरी अनुसन्धान गरिनेछ ।

लमजुङ प्रहरीले चालु आर्थिक वर्षमा जुवातास खेल्ने खेलाउने ८० जना पुरुष र १ महिलालाई नगद ८ लाख ६५ हजार दुई सय रकम बरामद गरी कानुनको दायरामा ल्याएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja