तनहुँको चुँदीखोलामा डुबेर दुई जनाको मृत्यु 



पोखरा

तनहुँको भानु नगरपालिका–२ स्थित चुँदीखोलामा डुबेर आज दुई जनाको मृत्यु भएको छ ।

चुँदी खोलामा माछा मार्दै पौडी खेल्ने क्रममा उनीहरुको ज्यान गएको हो । मृत्यु हुनेमा भानु नगरपालिका–२ का ३५ वर्षीय धनबहादुर गुरुङ र सोही ठाउँका २२ वर्षीय सागर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए ।

घटनालगत्तै इलाका प्रहरी कार्यालय भानुबाट खटिएको प्रहरी टोली र स्थानीयवासीले खोलाबाट शव निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja