तनहुँको बामताङ खोलाले बगाएर एक जनाको मृत्यु 



पोखरा

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० स्थित बामताङ खोलाले बगाएर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा शुक्लागण्डकी–१० कुखुरेखोला बस्ने ५० वर्षीया यामबहादुर विक रहेको इलाका प्रहरी कार्यालय बेलचौताराले जनाएको छ । शुक्रबार राति घर जाने क्रममा बामताङ खोलामा आएको भेलले बगाउँदा बेपत्ता भएका विकको शव आज बिहान फेला परेको कार्यालयका प्रहरी निरीक्षक भोजराज पाण्डेले जानकारी दिए । बगाएको स्थानदेखि सात सय मिटर तल घोप्टो अवस्थामा विकको शव फेला परेको बताए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja