जिल्ला समन्वय समिति लमजुङमा एमालेको विजयी 



पोखरा

लमजुङको जिल्ला समन्वय समितिमा नेकपा एमालेको प्यानल विजयी भएको छ ।

जिल्ला समन्वय समितिको प्रमुखमा एमालेका पूर्णबहादुर गुरुङ निर्वाचित भएका हुन् ।तीन नगरपालिकाको मेयर, एक गाउँपालिकाको प्रमुखसहित एक गाउँपालिकाको उपाध्यक्ष जितेको नेपाली काँग्रेसले समन्वय समितिको प्रमुख पदमा बाहेक अरू पदमा उम्मेदवारी दिएको थिएन ।

तीन गाउँपालिका प्रमुख, दुई गाउँपालिका उपाध्यक्ष, एक नगरपालिका प्रमुख र उपप्रमुख, दुई नगरपालिका उपप्रमुख गरी ९ स्थानमा विजयी एमाले मात्र जिससमा उम्मेदवारी दर्ता गराएको थियो । जिल्ला समन्वय समिति लमजुङको प्रमुखमा   एमालेबाट पूर्णबहादुर गुरुङ र गठबन्धनबाट   काँग्रेसका मुरली कुमालको उम्मेदवारी परेको थियो ।

गुरुङले १० मत ल्याए भने कुमालले ६ मत प्राप्त गरेका छन् । जिल्ला समन्वय समिति लमजुङको उपप्रमुखमा भने एमालेको तर्फबाट बुनाकुमारी रिमाल निर्विरोध निर्वाचित भएकी छन् । सदस्यमा पनि एमालेको  मात्र उम्मेदवारी परेपछि सबै सदस्य निर्विरोध भएका छन् ।

समन्वय समितिको खुला सदस्यमा मध्यनेपालका मोहनबहादुर गुरुङ, बेसीशहरका केशरबहादुर खत्री, दोर्दीका शेरबहादुर बोगटी, महिला सदस्यमा मर्स्याङ्दीबाट वविता मजाकोटी, सुन्दरबजारबाट विमला खड्का, मध्यनेपालबाट शारदा साखी र अल्पसंख्यकबाट सुन्दरबजारका गमबहादुर दुराको मनोनयन मात्र परेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja