अफ्रिकी मुलुक युगान्डामा भोकमरीको समस्या



पोखरा

अफ्रिकी मुलुक युगान्डामा पनि भोकमरीको समस्या देखा परेको छ ।

संयुक्त राष्ट्रसंघीय निकायहरुले युगान्डामा पनि भोकमरीको समस्या देखा परेको भन्दै सहयोगका लागि आह्वान गरेका छन् । ती एजेन्सीहरुले युगान्डाका कम्तीमा पनि ५ लाख मानिस भोकमरीको चपेटामा परीसकेका भन्दै उनीहरुलाई सहयोग गर्न आह्वान गरेका बताइएको छ ।

युगान्डामा रहेका राष्ट्रसंघीय निकायहरुले मुलुकको उत्तरपश्चिमी क्षेत्र कारामोजामा यस्तो समस्या उत्पन्न भएको जानकारी दिएका छन् । सो क्षेत्रमा केही समयदेखिको खडेरीका कारण खाद्यान्नको अभाव भएको जनाइएको छ । त्यहाँ खाद्यान्न अभाव अझै बढ्ने स्पष्ट संकेतहरु देखिएका राष्ट्रसंघीय अधिकारीहरुले बताउँदै आएका थिए ।

युगान्डास्थित राष्ट्रसंघीय अधिकारीहरुले बालबालिकमामा कुपोषण, प्रोटिन तथा पोषणयुक्त खानाको अभाव पनि बढ्दै जाने देखिएको बताएका छन् । सरकार र राष्ट्रसंघीय अधिकारीहरुले अहिलेकै अवस्था रही आएमा यहाँ चरम खाद्यान्न अभाव हुने र नागरिकहरु कुपोषणको शिकार हुने अवस्था रहेको चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja