लमजुङमा चारवटा मोटरेवल पुल निर्माण सम्पन्न 



पोखरा

लमजङुमा निर्माणाधीन मोटरेवल पुलमध्ये चारवटा निर्माण सम्पन्न भएका छन् ।

जिल्लामा चालु आर्थिक वर्षमा निर्माणाधीन नौवटा मोटरेवल पुलमध्ये चारवटा निर्माण सम्पन्न भएको पूर्वाधार विकास कार्यालय लमजुङले जनाएको छ । जिल्लामा क्रमागत योजनाअन्तर्गत अघिल्लो आर्थिक वर्षमा निर्माण सुरु भएका मोटरेवल पुलहरू यो आर्थिक वर्षमा निर्माण सम्पन्न भएका हुन् ।

चालु आर्थिक वर्षको हालसम्म चारवटा मोटरेवल पुल निर्माण सम्पन्न भएको र यो आर्थिक वर्ष भित्र थप दुईवटा मोटरेवल पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको पूर्वाधार विकास कार्यालय लमजुङका प्रमुख सुमन गिरीले बताए ।

पूर्वाधार विकास कार्यालय लमजुङका अनुसार जिल्लाको क्होलासोँथार गाउँपालिकाअन्तर्गत रुदी खोला मोटरेवल पुल, बेँसीशहर–सुन्दरबजार जोड्ने नाल्मा बेसीको राम्चे खोला मोटरेवल पुल, दोर्दी गाउँपालिका अन्तर्गतको किसेदी खोला मोटरेवल पुल र राईनास नगरपालिका अन्तर्गत चिली खोला मोटरेवल पुलको निर्माण कार्य सकिएको हो । त्यसैगरी यही आर्थिक वर्ष भित्र क्होलासोँथार गाउँपालिकाअन्तर्गत मिदिम खोला मोटरेवल पुल र दूधपोखरी गाउँपालिकाअन्तर्गतको कुयाले खोला मोटरेवल पुल निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको कार्यालय प्रमुख गिरीको भनाइ छ ।

निर्माण सम्पन्न र निर्माणाधीन मोटेरेवल पुलमध्ये अधिकांश अघिल्लो आर्थिक वर्षमै सम्पन्न गर्नुपर्ने योजना हुन् । तर, अघिल्लो आर्थिक वर्षमा विश्वव्यापी कोभिड–१९ को प्रभाव, सरकारले जारी गरेको लकडाउन लगायतका कारण देखाउँदै निर्माण अवधि थपिएका हुन् ।

यद्यपि यसवर्ष पनि कोभिडको प्रभावसँगै बढ्दो महँगी र स्थानीय तहको निर्वाचनका कारण विकास निर्माणका काम प्रभावित भएको कार्यालयले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja