पोखरामा लागूऔषधसहित तीन जना पक्राउ 



पोखरा

पोखरामा लागूऔषधसहित तीन जना पक्राउ परेका छन् ।

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त टोलीले पोखरा ९९ नागढुंगाबाट ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा स्याङ्जा पुतलीबजार ९ का २५ वर्षीय विराज हमाल, सोही ठाउँका २६ वर्षीय देवान्स थापा र आँधिखोला गाउँपालिका ३ का २० वर्षीय मनिष पौडेल छन् ।

उनीहरूको साथबाट डाईजापाम ७० एम्पुल, फेनेरागन १२० एम्पुल र नुर्फिन ९५ एम्पुल गरी २८५ एम्पुल लागू औषध बरामद भएको छ । सबैलाई कास्की जिल्ला अदालतबाट लागू औषधसम्बन्धी मुद्दामा ७ दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja