डुम्रे बजारमा रहेको यातायात व्यवस्था कार्यालयबाटै सवारीसाधन दर्ता हुने 



पोखरा

तनहुँको बन्दिपूर गाउँपालिकास्थित डुम्रे बजारमा रहेको यातायात व्यवस्था कार्यालयमा सवारीसाधन दर्ता हुने भएको छ । कार्यालयले सवारी साधनको दर्ता गर्न सुरु गरेको कार्यालयका सूचना अधिकारी प्रदीप सापकोटाले जानकारी दिए ।

यसअघि सवारीसाधन दर्ताको लागि पोखरामा जानुपर्ने बाध्यता थियो । त्यस्तै यातायात व्यवस्था कार्यालय बिमलनगरले असार पहिलो साताबाटै लाइसेन्स वितरण गर्ने तयारी पनि गरेको छ । लाइसेन्सका लागि परीक्षा र ट्रायल लिने र पास गरेकालाई लाइसेन्स वितरण गरिने यातायात व्यवस्था कार्यालय डुम्रेका प्रमुख विष्णुबहादुर क्षेत्रीले जानकारी दिए ।

यातायात व्यवस्था कार्यालय काठमाडौंले अनलाइनमा फर्म खुलाएपछि कार्यालयसँग समन्वय गरी बिमलनगरमा ट्रायल र लाइसेन्स दिने व्यवस्था मिलाइनेछ । बन्दिपूर ४ बिमलनगरस्थित लालकुमार श्रेष्ठको घरमा यातायात व्यवस्था कार्यालय सञ्चालनका लागि ५ वर्षे सम्झौता भइसकेको छ ।

कार्यालयबाट लाइसेन्सको वितरण, नवीकरण, बिलबुक नवीकरण सेवा सुरु भएपछि तनहुँ, लमजुङ, गोरखा, मनाङका बासिन्दाले पोखरा, चितवन र काठमाडौं धाउनु पर्ने छैन । धादिङ जिल्लाका बासिन्दाहरुसमेत सेवा लिन तनहुँ नै आउने दावी कार्यालय प्रमुख क्षेत्रीको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja