प्राविधिक त्रुटि सच्याउँदै गोरखा संग्रहालयको मर्मत 



पोखरा

प्राविधिक त्रुटि सच्याउँदै ‘कान्छो दरबार’ को रूपमा परिचित गोरखा संग्रहालयको मर्मत भएको छ ।

भूकम्पपछि सम्पदाहरूको पुनर्निर्माणअन्तर्गत पुरातत्व विभागले संग्रहालयको मर्मत गरेको हो । चालु अर्थिक वर्ष बुइँगल र छाना मर्मतको काम भएको संग्रहालयका प्रमुख नवराज अधिकारीले बताए ।

बुइँगल संग्रहालयको सबैभन्दा माथिल्लो भाग हो । बुइँगलका थामहरू फेर्ने र छानाको मुसीमा चुक्कुल राखेर मजबुद बनाइएको अधिकारीले जनाए । बुइँगलमा चुना सुर्कीले ब्रज लेप गरिएको छ । ‘यसअघि छानाको मुसीमा चुक्कुल थिएन, यो प्राविधिक त्रुटि हो,’ उनले भने, ‘छाना फेर्दा मुसीमा चुक्कुल राखेर मजबुदीकरण गरेका छौँ ।’

संग्रहालयको संरक्षण परियोजना लागू भएपछि मर्मतको क्रममा मुसीमा चुक्कुल नराखेको पाइएको उनले बताए । ‘मुसीमा चुक्कुल नहुँदा जोखिम बढी थियो, अहिले करेक्सन गर्‍यौँ, जोखिम घट्यो,’ उनले भने, ‘चुक्कुल राखेपछि मुसी हलचल गर्न पाउदैन, छाना पनि मजबुद हुन्छ ।’

५२ लाखको लागतमा संग्राहालय मर्मतको जिम्मा पाएको आरआर कन्ट्रक्सन भक्तपुरले ८० प्रतिशत काम सकेको छ । असार मसान्तभित्र मर्मत सक्ने लक्ष्य राखिएको छ । २०७२ को भूकम्पले गोरखा संग्राहालयलाई क्षति पुर्‍याएपछि मर्मत भएको हो । भूकम्पले हल्लाएको संग्रहालयको प्राविधिक निरिक्षण गरी तिन चरणमा मर्मतको काम भएको उनले बताए ।

‘भूकम्पले नोक्सान पुर्‍यायो, मर्मतका लागि प्राविधिक निरिक्षण गरायौँ,’ उनले भने, ‘प्राविधिक सल्लाहमा मर्मत सभ्भार गर्ने भनेपछि भूकम्प लगतै दोस्रो तलाको प्रदर्शनकी कक्षको मर्मत भयो, अर्को वर्ष तेस्रो तला र यो वर्ष बुइँगल र छानाको मर्मत गरेका हौँ ।’

पूर्व, उत्तर र पश्चिमतर्फको छानो फेरिएको अधिकारीले बताए । बुइँगलको पनि पूर्व, उत्तर र पश्चिमी लङको मर्मत, सभ्भार र सुधार भएको उनको भनाइ छ । ‘दक्षिणपट्टिको छानोको पनि टेक्निकल इरर (मुसीमा चुक्कुल राख्ने काम) करेक्सन गर्न वाँकी छ,’ उनले भने । छानाका लागि आवश्यक झिंगटी भक्तपुरबाट ल्याइएको थियो ।

संग्रहालय १८ सय ९६ सालमा तत्कालीन राजा राजेन्द्रविक्रम शाहले वनाउन लगाएको इतिहासमा छ । छोरा सुरेन्द्र वीरविरक्रम शाहलाई राख्न बनाएको संग्रहालय परम्परागत चौघेरा शैलीको छ । राणाकालदेखि पञ्चायतकालसम्म प्रशासनिक अड्डा रह्यो । २०४० सम्म आइपुग्दा दरबारले मौलिक स्वरूप गुमाउने अवस्थामा पुगेको अधिकारीको भनाइ छ ।

प्रशासनिक अड्डाको रूपमा रहेको दरवारलाई पुरातत्त्व विभागले २०४३ मा संरक्षित क्षेत्र घोषणा गरी मौलिक स्वरूपमा संरक्षण गर्ने काम गर्‍यो । २०६५ जेठ १९ बाट संग्रहालय सर्वसाधारणका लागि खुला भएको थियो । ‘गोरखा संग्रहालयको रुपमा स्थापना भएको यसका संरचनामा भूकम्पले क्षति पुर्‍याएपछि मर्मत गरेका हौँ,’ उनले भने ।

अब आगामी वर्ष ग्यालरी विस्तारको योजना रहेको अधिकारीले सुनाए । पछिल्लो समय गोरखा संग्रहालय आएका आगन्तुक नेपाल राज्य स्थापनाबारे चासो राख्छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja