पाेखराकाे सेती नदीमा हामफालेर एक किशोरी बेपत्ता



पोखरा

धादिङ घर भई पाेखरामा परिवारसँग बस्दैआएकी कञ्चन अगस्ती बुधबार सेती नदिमा हामफालेर बेपत्ता भएकी छन् । धादिङको नीलकण्ठ नगरपालिका वडा नं. ५ खाल्टेकी कञ्चन बुधबार दिउँसो १२ः४१ बजे नदीमा हामफालेको प्रहरीले जनाएको छ ।

उनी नदीपुर र फूलबारी जोड्ने पूरानो पुलको बीच भागबाट हामफालेको सिसिटिभी फुटेजमा देखिएको प्रहरीको भनाइ छ । उनले नदीमा हामफाल्नु अघि आफ्नो परिचयपत्र भने पुलमै छोडेकी थिइन् ।

परिवारजनका अनुसार उनी पोखराको पृथ्वीनारायण क्याम्पसमा दिवासत्रमा अध्ययनरत थिइन् । सदाझैं बुधबार पनि ११ः४५ बजे उनका बुबा युगमराज अगस्तीले मोटरसाइकलमा क्याम्पस पुर्‍याएर फर्किएका थिए । कञ्चनले किताबसहितको झोला कक्षा कोठामै छाडेर पुलमा झरेकाे बताइन्छ ।

बुबा युगमराजले क्याम्पस छोडेको करिब एक घण्टामा नै कञ्चन नदीपुरस्थित पुलमा आइपुगेकाे खुलेकाे छ । बुधबार साँझसम्म प्रहरी, सशस्त्र प्रहरीको रेस्क्यू टीम, आफन्तजन र केही स्थानीयको सहयोगमा कञ्चनको खोजी गरिएको भएपनि फेला परेको छैन । खोजी कार्यलाई बिहीबार बिहानैबाट निरन्तरता दिइने कास्की प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja