पोखरा बसपार्कमा नाला निर्माणको काम शुरु



पोखरा

पोखरा बसपार्कमा नाला निर्माणको काम शुरु भएको छ ।

नाला निर्माणको गण्डकी प्रदेशका भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्का र पोखरा महानगरका मेयर धनराज आचार्यले एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन् ।

नालाको शिलान्यास गर्दै मन्त्री खड्काले नाला निर्माणको काम शुरुवात गर्नु बसपार्क निर्माणकै काम शुरु भएको बताए । उनले प्रदेश सरकारले थालेपनि पोखरा महानगरले पोखरा बसपार्क निर्माण सम्पन्न गर्ने धारणा राखे । त्यसका लागि प्रदेश सरकार सहयोग गर्न तयार रहेको उनको भनाई थियो ।

पोखरा महानगरका मेयर धनराज आचार्यले पोखरा बसपार्क अबको तीन वर्षभित्र निर्माण गरिसक्ने प्रतिवद्धता जनाए । उनले पोखरा बसपार्कलाई आधुनिक र सुविधा सम्पन्न सिटी बसपार्कको रुपमा विकास गर्ने दृढता व्यक्त गरेका छन् ।

जुनबेला बसपार्कका लागि जग्गा अधिग्रहण गरिएको थियो, त्यसबेला बसपार्कको रुपमा निर्माण गर्ने भनिएपनि अब ठूलो बसपार्क भने पोखरा ३३ लामेआहालमा बन्ने उनले बताए । उनले पृथ्वीचोकमा रहेको बसपार्क र बागलुङ बसपार्कलाई समेत सिटी बसपार्ककै रुपमा विकास गर्ने जानकारी दिएका छन् ।

गएको १० वर्षमा पोखराको जनसंख्या बढेर दोब्बर भएको उल्लेख गर्दै अहिले पाँच लाख भन्दा धेरै जनसंख्या पोखरा बस्ने गरेको र पोखरा आउजाउ गर्नेसहित गरेर २० लाखको संख्या रहेको उनले बताए । यही अवस्थालाई मध्येनजर गरेर कम्तिमा पनि २० वर्षलाई हेरेर पूर्वाधार बनाउनुपर्ने उनको भनाई छ । पोखरामा अब तीन वटा व्यवस्थित बसपार्क आवश्यक रहेकोमा उनले जोड दिए ।

निर्वाचनका बेला गरिएको बाचा अनुरुप पोखरा प्रवेश गर्ने कोत्रे, ठुलिविँडी र धोलागिरि बाट प्रवेश गर्ने वित्तिकै पोखरा महसुस गर्नेगरी तीन वर्षमा पूर्वाधार बनाइसक्ने उनको दाबी छ ।

आफूरु जनताको सेवक भएकाले विकास निर्माणमा सहकार्य गर्न उनले स्थानीयलाई आग्रह गरे । उनले साँझ ६ बजे सिटी बसपार्कबाट हरेक वडाका लागि सर्वसुलभ ढंगले बस चल्ने व्यवस्था महानगरले गर्ने प्रतिवद्धता समेत जनाए ।
आफूले सपथ लिएको ९ दिन भएको भन्दै उनले दिन गनेर काम गर्ने समेत दोहो¥याएका छन् । तर, आजै भएन अहिले नै भएन भनेर भन्नु भन्दापनि त्यसका लागि केही समय पर्खन उनको आग्रह थियो । विगतमा तीन वटा सरकारका बीचमा समन्वय नभएपनि अबका दिनमा केन्द्र, प्रदेश र स्थानीय तह बीच समन्वय भएरै काम हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja