बागलुङमा अवैध लागूऔषध अफिमको कारोबारमा संलग्न महिला पक्राउ



पोखरा

जिल्ला प्रहरी कार्यालय बागलुङले अवैध लागूऔषध अफिमको कारोबारमा संलग्न रुकुमपूर्वको पुथाउत्तरगङ्गा गाउँपालिका–२ की राखीलाक घर्तीमगरलाई पक्राउ गरेको छ । 

विसं २०७७ मङ्सिर ४ गते बागलुङको ढोरपाटन नगरपालिका–१ स्थित निसी भल्कोट सन्दीप गेष्ट हाउसमा दस किलो अफिम छाडेर फरार रहेकी घर्तीमगरलाई शनिबार नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

३३ वर्षीया घर्तीमगर पुथाउत्तरगङ्गा–२ की पूर्व वडासदस्यसमेत हुन्। आफ्नो नामथर सरीता घर्तीमगर बताएर गेष्टहाउसको कोठामा बस्नुभएकी घर्तीमगरले अफिमसहित तौल गर्न प्रयोग हुने डिजिटल काँटा, सिक्का, सिमकार्ड, मोबाइल, कपडालगायत सामग्री त्यहीँ छाडेर फरार भएकी थिइन् ।

घटनालगत्तै प्रहरीले अफिमलगायत सामग्री बरामद गरी फरार घर्तीमगरको खोजी सुरु गरेको थियो । खोजतलासका क्रममा डेढ वर्षपछि रुकुमपूर्वको सिस्ने गाउँपालिका–५ मा लुकिछिपी बसिरहेको अवस्थामा घर्तीमगरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालयका  सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर राईले बताए ।

जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वको सहयोगमा घर्तीमगरलाई पक्राउ गरिएको उनको भनाइ छ । बागलुङ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी घर्तीमगरमाथि थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja