यातायात कार्यालय पोखरा: ‘दैनिक ४०-५० लाई मात्र इम्बोस्ड नम्बर दिन सक्छौँ ‘



पोखरा

यातायात कार्यालय पोखराले थप पूर्वाधार र जनशक्तिको व्यवस्थापन नभएसम्म दैनिक ४०-५० जना सम्मलाई मात्र इम्बोस्ड नंवर दिन सकिने जनाएको छ।

सेवाग्राहीको भीड बढेपछि कार्यालयले आज एक विज्ञप्ति मार्फत कार्यालयको अहिलेको क्षमता दिनमा ४० देखि ५० जनाको बायोमेट्रिक लिने र डकुमेन्ट स्क्यान गर्ने मात्र रहेको जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ – “पूर्वाधार र आवश्यक जनशक्तिको व्यवस्थापन नभएसम्मका लागि हाल यस कार्यालयमा नयाँ तथा सरुवा दर्ता भइ आउने सवारी साधनमा मात्र इम्बोस्ड नंवर जडान कार्य सूचारु रहने जानकारी गराइन्छ।”

कार्यालयले सवारी साधनको चाप बढेपछि पार्किङमा पनि समस्या रहेको जनाएको छ। सरकारले केहीदिन अघि सूचना जारी गर्दै ‘साउन १ गतेबाट सबै सवारीमा इम्बोस्ड नम्बर प्लेट लागू गर्ने अन्यथा कारवाही गर्ने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja