बङ्गलादेशको एउटा कन्टेनर डिपोमा विस्फोट हुँदा ३४ जनाको मृत्यु



पोखरा

बङ्गलादेशको एउटा कन्टेनर डिपोमा विस्फोट हुँदा ३४ जनाको मृत्यु भएको छ ।

अन्य कैयौँ घाइते भएका अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्। घाइतेमध्ये धेरैजसोको शरीर ६० देखि ९० प्रतिशतसम्म जलेको खबरमा उल्लेख छ।

दक्षिणी सहर सिताकुन्डमा कन्टेनरहरूको भण्डारमा सल्किएको आगो निभाउन अग्नि नियन्त्रकहरू बोलाइएपछि विस्फोट भएको थियो। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरूको उपचार भइरहेको बताइएको छ। घाइते हुनेहरूमा डिपोका कामदार, अग्नि नियन्त्रक र प्रहरी रहेका छन्।

आगलागीको कारण खुल्न सकेको छैन। विस्फोटका कारण आसपासका धेरै घरहरूमा झ्यालका सिसा फुटेको र चार किलोमिटर टाढासम्म कम्पन महसुस भएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja