तनहुँमा खाना पकाउने ग्यास पड्किएर आगलागी हुँदा एक बालिकाको मृत्यु 



पोखरा

तनहुँको भिमाद नगरपालिका–९ मा खाना पकाउने ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ११ वर्षीया सुवेक्षा केसी रहेको प्रहरीले जनाएको छ । शुक्रबार राति ७ बजे स्थानीय शिवनारायण केसीको घरमा ग्यास सिलिण्डर पड्किएको प्रहरी नायव उपरीक्षक युवराज खड्काले बताए ।

उनका अनुसार टिनले छाएको दुईतले घरमा ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा शिवनारायणकी छोरी सुवेक्षाको घटनास्थलमै मृत्यु भएको हो ।

आगलागीबाट घरमा क्षति पुगेको छ । घरको तल्लो तल्लामा किराना पसलसमेत सञ्चालन गरिएकोमा पसलका सामग्रीमा क्षति पुगेको प्रहरीले जनाएको छ । स्थानीयवासीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja