तनहुँमा स्कुटर र टिपर ठोक्किँदा स्कुटर चालकको मृत्यु



पोखरा

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ देउरालीमा शनिबार साँझ भएको दुर्घटनामा स्कुटर चालक एक युवकको मृत्यु भएको छ । दुर्घटनामा बन्दिपुर गाउँपालिका–१ का २१ वर्षीय ईश्वर क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको ग १ क ५५३३ नम्बरको टिपर र विपरीत दिशाबाट आउँदै गरेको ग १५ प १४८४ नम्बरको स्कुटर आपसमा ठोक्किँदा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते ईश्वरको दमौली अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि स्थानीयले राजमार्ग अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja