केन्यामा प्रहरीले गरेको कारवाहीमा परी ४ जनाको मृत्यु



पोखरा

अफ्रिकी मुलुक केन्याको पूर्वमा भएको एक प्रदर्शनमा प्रहरीले गरेको कारवाहीमा परी कम्तीमा पनि चार जनाको ज्यान गएको छ ।

केन्याको मासिम्बा क्षेत्रमा प्रदर्शनकारीहरुले प्रहरीका विरुद्धमा आन्दोलन गरेका थिए । उनीहरुको भिडलाई रोक्ने क्रममा प्रहरीले गोली चलाएको थियो । गोली लागेर ती आन्दोलनकारीको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । सो क्षेत्रमा जंगली जनावरले दुःख दिएपछि त्यसका विरुद्धमा सरकारले कुनै कदम नचालेको भन्दै प्रहरीका विरुद्धमा स्थानीयले प्रदर्शन गरेका थिए ।

सो प्रदर्शनमा परी अरु सात जना घाइते भएका थिए । उनीहरुको स्थानीय अस्पतालमा उपचार जारी रहेको बताइएको छ । प्रहरीले दिएको जानकारीअनुसार हालै सो क्षेत्रमा हात्तीले एकजना स्थानीय शिक्षक मारेको थियो । जंगली जनावरबाट बचाउन सरकारले कुनै कदम नचालेको भन्दै स्थानीय त्यसका विरुद्धमा आन्दोलनमा उत्रिएका हुन् ।-एजेन्सी

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja