आज रुसले युक्रेनमाथि आक्रमण गरेको १ सय दिन पूरा 



पोखरा

रुसले युक्रेनमाथि आक्रमण गरेको १ सय दिन पूरा भएको छ ।

युक्रेनको अनजीकरण तथा असैन्यकरण गर्न भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत फेब्रुअरी २४ मा ‘विशेष सैन्य कारवाही’ को घोषणा गर्दै युक्रेनविरुद्ध आक्रमण थालेका थिए । त्यसयता रुसी आक्रमणका कारण युक्रेनबाट दशौँ लाख मानिसहरु विस्थापित भएका छन भने हजारौँ मानिसहरुको मृत्यु भएको छ । यसबाहेक धेरै सहरहरु ध्वस्त भएर भग्नावशेषमा परिणत भएका छन् ।

राजधानी कब्जा गर्ने प्रयत्नस्वरुप सुरुवाती दिनहरुमा रुसी फौजले किभ सहर आसपास व्यापक आक्रमण गरेका थिए । यद्यपि तेज युक्रेनी प्रतिरोधका कराण रुसी फौज किभबाट पछि हट्न बाध्य भए । हाल रुसी सेनाले आफ्नो सैनिक कारवाहीलाई युक्रेनको पूर्वी भागमा केन्द्रित गरेको छ । रुसी सेना हाल पूर्वी युक्रेनको सिभेरोडोनेत्स्क सहर कब्जा गर्ने प्रयासमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja