मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने



पोखरा

पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड दैनिक पाँच घण्टा बन्द हुने भएको छ। यहि जेठ २२ गतेदेखि बाटो बन्द गरेर सडकखण्ड विस्तार गर्न लागिएको मुग्लिङ–पोखरा सडक आयोजना तनहुँले जनाएको हो। अर्को सूचना नभएसम्मका लागि आइतबार राति ११ देखि बिहान ४ बजेसम्म गाडी चलाउन रोक लगाइएको योजनाले जनाएको छ।

नियमित रूपमा सवारी साधन सञ्चालन हुँदा काम गर्न असजिलो पर्ने भएकोले दिनहुँ पाँच घण्टा यातायात आवागमन रोकेर सडक विस्तार कार्य गर्न लागिएको हो। यो सडक खण्डमा सवारी साधनको चाप बढ्दै गएपछि चार लेनको बनाउन लागिएको छ। चार लेनको सडक सीमा दुईतर्फी २५÷२५ मिटर हुनेछ। आबुखैरेनीदेखि पोखरासम्मको ८० किलोमिटर दूरीमा सडक ४ लेन भएसँगै ३१ नयाँ मोटरेबल पुल निर्माण गरिने भएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja