जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा नेकपा एमाले विजयी



पोखरा

जिल्ला समन्वय समिति कास्कीको प्रमुखमा नेकपा एमालेका लिलाधर पौडेल निर्वाचित भएका छन् ।

पोखरा महानगर २२ बाट वडा सदस्यमा निर्वाचित उनलाई एमालेले जिससको प्रमुखमा उम्मेदवार बनाएको थियो । उनले ६ भोट ल्याएर निर्वाचित हुँदा गठबन्धन उम्मेदवार दीपेन्द्र ढकालले ४ मत ल्याए ।

उपप्रमुखमा पनि एमालेकै सरिता कुमाल विजयी भएकी छन् । उनले गठबन्धनकी उषा थापालाई हराएकी हुन् । ढकाल काँग्रेस र थापा माओवादीबाट उम्मेदवार थिइन् ।

५ पालिका रहेको कास्कीमा एमालेले २ पालिकाको प्रमुख र ४ पालिकामा उपप्रमुख जितेको थियो । काँग्रेसले २ पालिकाको अध्यक्ष र १ पालिका उपाध्यक्ष तथा एकीकृत समाजवादीले पोखरा महानगरको प्रमुख जितेको हो ।  सदस्यहरूमा एमालेकै गणेशबहादुर घर्ती, लक्ष्मी दमै, सीतादेवी बिक, सुकमाया नेपाली, बालिका सुवेदी, राजु अधिकारी र हरेक बहादुर गुरुङ निर्वाचित भए । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja