घट्यो सार्वजनिक सवारी साधनको भाडा



पोखरा

यातायात व्यवस्था विभागले इन्धनको मूल्य घटेसँगै अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको छ । 

नेपाल आयल निगमले बिहीबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्यमा लिटरमा रु १० को दरले घटाएसँगै विभागले पनि अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको हो । भाडा घटेसँगै यात्रुबाहक सवारीमा दुई प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा २.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीमा २.९ प्रतिशत घटेको विभागले जनाएको छ ।

यातायात व्यवस्था विभागको विसं २०७८ चैत १७ को निर्णयअनुसार लागू गरिएकोमा पछिल्लो पटक भाडा समायोजन गर्दा आधार लिएको डिजेलको बजार मूल्य रु १६३ प्रतिलिटरलाई आधार मान्दै आए पनि बिहीबार रातिदेखि प्रतिलिटर रु १० घटी रु १५३ कायम भएकाले सोहीअनुसार सवारी भाडा घटाएको हो ।

सरकारले सार्वजनिक सवारी साधनको भाडादर स्वचालित आधारमा गर्ने व्यवस्थाअनुसार भाडादर घटेको विभागले जनाएको छ । विभागका अनुसार काठमाडौं पोखराको सवारी भाडा १२ रुपैयाँ घटेको छ । काठमाडौं-पोखराका भाडा यसअघि ६२४ रुपैयाँ रहेकोमा घटेर ६१२ रुपैयाँ कायम गरिएको छ ।

यस्तै, पोखराबाट नेपालगञ्ज जानका लागि १२ सय ८३, पोखराबाट कृष्णनगर ८१६, गौर ८७७, जनकपुर एक हजार नौ, नारायणगढ ३८२, भैरहवा ७५८, महेन्द्रनगर १९ सय ८१, सुर्खेत १६ सय ३७, धनगढी १८ सय ३२ रुपैयाँ गाडीभाडा कायम गरिएको विभागले जनाएको छ । यसैगरी पोखरादेखि सुनौली ६४५, मलंगवा ८९३, तुलसीपुर एक हजार ३१, बुटवल ५७२, कोठियाघाट १४ सय ५५, लुम्विनी ७०७ रुपैयाँ भाडादर कायम गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja