तारा एयरको पोखरा-जोमसोम उडान एक साताका लागि बन्द



पोखरा

तारा एयरले पोखरा-जोमसोमको उडान एक साताका लागि बन्द हुने भएको छ ।

शुक्रबारेदखि जेठ २७ सम्मका लागि उडान बन्द गरिएको तारा एयरले जनाएको छ । बिहीबार सूचना जारी गर्दै तारा एयरले विशेष कारणवश उक्त रुटमा उडान बन्द गरिने भएको जनाएको हो । सूचनाअनुसार पोखरा–जोमसोम र जोमसोम–पोखराको उडान बन्द गरिनेछ ।

आइतबार विहान ९ बजेट ५५ मिनेट जादाँ पोखराबाट जोमसोमको लागि छुटेको तारा एयरको विमान दुर्घटना भएको थियो ।

सोमबार बिहान मुस्ताङको थासाङ गाउँपालिका २ सानुसरेमा विमान दुर्घटना भएको अवस्थामा भेटिएको थियो । चालक दलका ३ जनासहित दुर्घटनामा २२ जनाले ज्यान गुमाएका थिए । दुर्घटनामा मृत्यु भएकाहरूको शव सोमबार र मंगलबार गरी दुई दिन लगाएर भेटिएको थियो । शव नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं लगिएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि मृतकको शव बिहीबार आफन्तलाई बुझाइएको छ । सरकारले विमान दुर्घटनाको विषयमा जाँच गर्न एक आयोग गठन गरेको छ । उक्त आयोगलाई विमान दुर्घटनाको कारण र आगामी दिनमा दुर्घटना हुन नदिन चालिनुपर्ने कदरबारे सुझाव दिन कार्यादेश सरकारले दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja