पोखराको सिर्जनाचोकमा आमाछोरी मृतावस्थामा फेला 



पोखरा

पोखराको सिर्जनाचोकमा आमाछोरी मृतावस्थामा फेला परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीका अनुसार सिर्जनाचोक नजिकै जयनेपाल मार्गमा डेरा गरी बस्दै आएकी शुशिला शर्मा खतिवडा र उनकी छोरी सोनिका मृत अवस्थामा फेला परेका हुन् ।

मध्यान्ह पौने १२ बजेतिर चितवन रत्ननगर नगरपालिका १३ घर भएकी ३६ वर्षीया शुशिला झुण्डिएको अवस्थामा फेला परेकी हुन् भने ७ वर्षकी छोरी ओछ्यानमै मृत भेटिएकी हुन् ।

शुशिलाले पंखाको हुकमा नाईलनको डोरीको पासो लगाई झुण्डिएको र छोरी विस्तारामा मृत अवस्थामा रहेको खबर स्थानीयबाट प्राप्त भएपछि प्रहरीको टोली पुगेको थियो । शुशिलाको माईती भारत रहेको पनि प्रहरीले बताएको छ ।

आमाछोरीको शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको र घटनाबारे थप कुरा पोष्टमार्टम रिपोर्टपछि मात्र थाहा हुने डिएसपी तिवारीले बताए ।

४० बर्षिय सञ्जु भन्ने संजय शर्मा खतिवडाले आफ्नी श्रीमती सुशिलाले सात बर्षिया छोरी सोनियाको हत्या गरेर आफूले पनि आत्महत्या गरेको प्रहरीलाई बताएका छन् । प्रहरीका अनुसार दुबैको शव बेडरुम (सुत्ने कोठा)मा भेटिएको छ ।

बच्चाको शव सलले घाँटी बेरिएकै अवस्थामा भेटिएको थियो । शुरुमा बच्चालाई विष खुवाइएको जस्तो र त्यसपछि सलले घाँटी कसेर मारेको देखिने श्राेत बताउँछ । संजय कामको शिलशिलामा पोखरा बाहिर रहेका बेला घटना भएकाे हाे ।

पोखराको सिर्जनाचोकस्थित लिटिल स्टेप स्कुलमा कक्षा दुईमा पढ्दै गरेकी सोनियालाई संजय र सुशिलाले धर्मपुत्रीको रुपमा पाल्दै आएका आफन्तले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja