गोरखामा चितुवाको आक्रमणबाट एक प्रहरी हवल्दारसहित तीन जना घाइते



पोखरा

चितुवाको आक्रमणबाट एक प्रहरी हवल्दारसहित तीन जना घाइते भएका छन् ।

मंगलबार साँझ पालुङटार नगरपालिका–४ रानीटार स्थित मकैबारीमा काम गरिरहेका ४४ वर्षीय केशरबहादुर नेपाली र १६ वर्षीय अभिषेक भण्डारीलाई चितुवाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए । 

चितुवाको आक्रमणबाट दुई जना घाइते भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनास्थल पुगेका प्रहरी सहायक हवल्दार सुनिल रायमाझीलाई पनि पछाडिबाट आक्रमण गरी घाइते बनाएको लामिछानेले जानकारी दिए ।

प्रहरी हवल्दार रायमाझीको पिठ्युमा चिथोरेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । केशरबहादुरको ढाड र अभिषेकको बायाँ तिघ्रा, पाखुरा र नारीमा चितुवाले चिथोरेको डिएसपी लामिछानेले बताए । स्थानीय स्वास्थ्य संस्थामा उपचार भएका तीन जनाको अवस्था भने सामान्य छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja