मिस नेपालमा २४ जना प्रतिस्पर्धी भिड्दै



पोखरा

मिस नेपाल २०२२ का अन्तिम २४ जना प्रतिस्पर्धी घोषणा भइसकेका छन् ।

गत आइतबार आयोजित ‘सास सेरेमोनी’ मा प्रतिस्पर्धीलाई ब्याच अंकसमेत प्रदान गरियो । ग्रान्ड फिनाले आउन तीन साता बाँकी रहँदा अन्तिम प्रतिस्पर्धी तय भएका हुन् । पूर्वमिस नेपाल वर्ल्ड नम्रता श्रेष्ठ, मिस अर्थ, मिस इन्टरनेसनल र मिस सुप्रान्यासनलका विजयी सुन्दरीले ब्याच प्रदान गरे । 

यसपटकको मिस नेपालमा  आयुषनोभा सहित ५ जना चिकित्सक सुन्दरीले भाग लिएका छन् । हिडन ट्रेजरले आयोजना गर्ने यस वर्षको मिस नेपालमा देशभरबाट झन्डै ८ सय जनाले आवेदन दिएका थिए ।

जसबाट १ सय ९६ जना छनोट गरिएको थियो । त्यहिँबाट २४ जना प्रतिस्पर्धी छानिएका हुन् । 

अन्तिम २४ मा अनुष्का पौडेल , श्रीयांशु पिया , दिलाशा डोटेल , आश्रा श्रेष्ठ , आयुषनोभा ढुंगाना , आकृति शाह , मेरिका बाँस्कोटा , मानषी चन्द , स्मारिका शर्मा, श्रीया गजुरेल , सुस्मिता बोगटी , ममता ढकाल , ऐश्वर्या शाही ठकुरी , सरिषा श्रेष्ठ , अनुश्रुया डाँगी , ऋतुल पौडेल , प्रियंकारानी जोशी , यशस्वी श्रेष्ठ , रोज कँडेल,  न्यान्सी खड्का , सोफिया श्रेष्ठ, आश्रुुति सुवेदी , गंगा गुरुङ र अस्मिता ढुंगाना रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja