एमाले गण्डकीद्वारा जहाज दुर्घटनाप्रती दु:ख ब्यक्त



पोखरा

ने क पा ( एमाले ) गण्डकी प्रदेश कमिटीले हिजो भएको जहाज दुर्घटनाप्रती दु:ख ब्यक्त गरेको छ। 

एमाले गण्डकी प्रदेश कमिटीले  सोमबार  एक शोक बिज्ञपति जारी गर्दै दुर्घटनामा निधन हुने सम्पुर्णमा श्रद्धाञ्जली ब्यक्त गर्दै शोक बिह्वल परिबारमा  हार्दिक समबेदना प्रकट गरेको छ । 

अध्यक्ष नबराज शर्माद्वारा हस्ताक्षरीत बिज्ञप्तीमा हिजो बिहान ९:५५ बजे पोखराबाट मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको 9N- AET.DHC-6 ट्विनअटर विमान मुस्ताङको थासाङ गाउपालिका वडा न २ स्थित मानापाथी हिमालको फेदि सानोसरे भिरमा दुर्घटना हुन पुगि चालक दल सहित सबार सम्पुर्ण यात्रुहरूको दु:खद निधन भएकोमा आफ्नो पार्टी स्तब्ध भएको उल्लेख गरिएको छ। 

बिज्ञप्तीमा यस्ता खाले हवाइ दुर्घटनाले नेपालको हवाइ क्षेत्रको सुरक्षा र बिश्वस्नियतामा  चुनौती खडा गरेको भन्दै नेपाल सरकार  र सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराउदछौ भनिएको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja