‘जोन्टा क्लव अफ पोखरा’ को अध्यक्षमा मोनिका थापा चयन



पोखरा

महिला सशक्तिकरणको क्षेत्रमा सक्रिय रहँदै आएको जोन्टा क्लव अफ पोखराको अध्यक्षमा मोनिका थापा चयन भएकी छिन् । 

क्लबको दोश्रो साधारणसभा तथा पहिलो अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेकाे हाे । नवनिर्वाचित अध्यक्ष थापा मन्टेश्वरी किण्डरहाेम पाेखराकी डाइरेक्टर हुन् । क्लबकाे निवर्तमान अध्यक्ष लीना श्रेष्ठ गोशली हुन् । क्लबकाे उपाध्यक्षमा रोजिना रञ्जित बिजुक्छे, सचिवमा निलिशा केसी र सल्लाहकारमा अञ्जना तझ्यालाई चयन  गरेको छ।

यस्तै, क्लबको एडभोकेसी डाइरेक्टरमा श्रीविद्या कायस्थ, सर्भिस डाईरेक्टरमा अश्विन कार्की, शिक्षा निर्देशकमा स्वेता पिया मल्ल, लिडरशिप एण्ड स्किल डाइरेक्टरमा सृजना कार्की भट्टराई, जोन्टा एण्ड गोल्डेन जोन्टा डाइरेक्टरमा प्रेरणा सेढाईं भट्टराई, अवार्ड एण्ड स्कलरशिप डाइरेक्टरमा नम्रता दाहाल, यूएन कमिटी डाइरेक्टरमा सविता श्रेष्ठ र पव्लिक रिलेसन एण्ड कम्युनिकेसन डाइरेक्टरमा कल्पना भट्टराई कार्की चयन भएका छन् ।

जोन्टा ईन्टरनेसनलसंग आवद्ध जोन्टा क्लव अफ पोखरा २०१९ मा स्थापना भएको क्लब हो । व्यवसायिक महिलाहरु मात्र सदस्य हुने यस क्लबमा हाल २७ जना सदस्य रहेका छन् ।

क्लबले विशेषगरी किरोरावस्थामा आउन सक्ने विभिन्न मानसिक र शारीरिक अवस्थाहरुलाई मध्य नजर गर्दै विद्यालयहरुमा सचेतना एवम् उप्रेरणामुलक कार्यक्रम  गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja