२० देशमा मङ्कीपक्स फैलिएको पुष्टि, उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध



पोखरा

मङ्कीपक्स भाइरसको सङ्क्रमण २० देशमा फैलिएको पुष्टि भएको छ। विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार २० देशका दुई सय जना भन्दा धेरैमा मङ्कीपक्स संक्रमण पुष्टि भएको छ।

विश्वभरि अहिलेसम्म दुई सय व्यक्तिमा संक्रमण पुष्टि भएको र अरु एक सयभन्दा बढीमा शंकास्पद लक्षण देखिएको डब्लुएचओका एक अधिकारीले जनाएका छन् ।

थप एक सय भन्दा धेरैमा शंकास्पद लक्षण देखिएको छ। मङ्कीपक्स भाइरसका बारेमा धेरै मानिसले ध्यान नदिएको र दिन प्रतिदिन फैलिँदै गएकाले यसले विश्वभरलाई प्रभावित पार्न सक्ने भन्दै डब्लूएचओले चिन्ता व्यक्त गरेको छ।

यस भाइरसका कारण मानिसको मृत्यु नै नभएपनि सङ्क्रमण छिटो छिटो धेरै जनामा सर्ने र शारीरिक समस्या हुने गरेकोले उच्च सतर्कता अपनाउन चिकित्सकहरूको अनुरोध छ।

डब्लुएचओका उच्च अधिकारीहरूले सङ्क्रमण देखिएका मुलुकहरूमा थप फैलिन नदिने र नदेखिएका मुलुकहरूमा प्रवेश गर्न नदिने गरी काम गर्न पनि सबैलाई आह्वान गरेका छन्।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja