प्रधानमन्त्री देउवा- लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकार प्रष्ट छ



पोखरा

प्रधानमन्त्री शेरबहादुर देउवाले लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताएका छन्।

सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री देउवालाई सो भूमिबारे प्रष्ट धारणा राख्न आग्रह गरेका थिए। त्यसको जवाफ प्रधानमन्त्री देउवाले दिएका हुन्।

‘नेपाल सरकार नेपाली भूमिका रक्षा गर्न प्रतिवद्ध छ, लिम्पियाधुरा, लिपुलेक, कालापानी नेपाली भूमि हो भन्ने कुरामा नेपाल सरकार प्रष्ट छ,’ उनले भने, ‘भूमि सम्बन्धी विषय विशेष संवेदनशील भएकाले वार्ता र कूटनीतिक पहलबाट समस्या समाधान गर्नुपर्छ भन्ने मान्यतामा रहि आएको छ र कूटनीतिक प्रयास जारी छ।’

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja