बालेनलाई श्रीमतीको बधाई : ‘घरभित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन ’



पोखरा

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि अहिले बालेन्द्र साह (बालेन) चर्चाको विषय बनेका छन् ।

उम्मेदवारी दर्ता देखि नै चर्चाको विषय बनेका बालेनलाई अहिले सामाजिक सञ्जालदेखि भेटेरै उनलाई बधाई दिनेको कमी छैन । यद्यपि एउटा बधाईले सबैको ध्यान तानेको छ । त्यो बधाई उनलाई अरु कसैले नभई उनकै श्रीमती सबिना काफ्लेले दिएकी हुन् । 

बालेनको उम्मेदवारीसँगै उनकी श्रीमती सबिनाको पनि चर्चा भयो । यो समयमा उनी सामाजिक सञ्जालमा सेलिब्रेटीभन्दा  कम छैनन् । ‘आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ । यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन, बरु गर्वले छाती फुलेको छ, शिर उचालिएको छ ।’ उनले बालेनको संयमता नै शक्ति  रहेको उल्लेख गरेकी छन् । 

‘दिन रात नभनी तिमीले गरेको  मिहिनेतको फल आज सबै सामु प्रष्ट छ । तिम्रो धैर्यता र दृढतालाई कोटी कोटी नमन् १ु उनले लेखेकी छन् । उनी थप्छिन् ,‘घरभित्रबाट जितेर हिँडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ ।’ उनले बालेनको पाइला अगाडि बढिरहनु भन्ने कामना गर्दै ती अगाडि बढिरहेका पाइलासँग साथमा साथ हिँड्न प्रेम, विश्वास , साथ अनि समर्थन रहने उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja