पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध राप्रपा द्वारा विरोध प्रदर्शन



पोखरा

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध राप्रपाले देशभरका जिल्ला प्रशासन कार्यालय र मूख्य मन्त्री कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयसमक्ष ज्ञापन पत्र बुझाउँदै विरोध गरेको छ ।

कास्कीमा राष्ट्रिय प्रजातन्त्र पार्टीले जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाउँदै मूल्यवृद्धिको विरोध जनाएको छ । उसले अत्यावश्यक पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धि तत्काल हटाउनुपर्ने माग राखेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीमा राप्रपाका जिल्ला अध्यक्ष नारायण गुरुङको नेतृत्वमा पुगेको टोलीले ज्ञापनपत्र बुझाउँदै सरकारले मुल्यवृद्धि समायोजन नगरे चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

पार्टीले जनताको जीवनस्तर सहज बनाउनका लागि सरकारलाई दबाव दिने र मुल्यवृद्धि फिर्ता गर्न बाध्य बनाउन लागिरहने राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताए । सरकारले सही समयमा माग सम्बोधनको प्रयास नगरेमा आन्दोलनले अर्को रुप लिने उनले बताए ।

राप्रपा कास्कीले मंगलबार मात्रै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै पोखरामा राँके जुलुस समेत निकालेको थियो ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja