भ्रष्टाचार गरेको प्रमाणित गर्न एमालेका अध्यक्ष ओलीको चुनौती



पोखरा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा ओलीले केही नेताहरूले आफूप्रति भ्रष्टाचार गरेको भनेर टिकाटिप्पणी गरेको भन्दै भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिएका हुन् ।

ओलीले आफ्नो र श्रीमतीको नामको सबै चलअचल सम्पत्ति राज्यको नाममा गरेकाले राज्यका नाममा सम्पत्ति ल्याइदिन किन भ्रष्टाचार गर्ने भन्दै प्रश्न गरे । उनले आफूलाई भ्रष्टाचारको आरोप लगाउनेहरुलाई आफ्नो सम्पत्ति राज्यका नाममा दान गर्न चुनौती दिए ।

उनले रिजर्भ बैंकमा पैसा रहेको अफवाह फैलाउने काम भएको भन्दै त्यसको छानबिन गर्न पनि चुनौती दिए ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja