काठमाडौँको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन र उपमेयरमा सुनिताको जित सुनिश्चित



पोखरा

काठमाडौँ महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहको जित सुनिश्चित भएको छ ।

ठूला दलका बलिया उम्मेदवारलाई पछि पार्दै साहले जित सुनिश्चित गरेका हुन् । अब गणना हुन बाँकी मत भन्दा साहको मतान्तर धेरै छ । बिहान ११ बजेको अपडेट अनुसार बालेनले ५७ हजार ४४७ मत पाउँदा गठबन्धनबाट उम्मेदवार बनेकी कांग्रेसकी सिर्जना सिंहले ३५ हजार ३७१ मत ल्याएर पछ्याइरहेको छिन्।

साह र सिंहबिचको मतान्तर २१ हजार १२१ छ । नेकपा एमालेका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा अडिएका छन् । उपमेयरमा भने एमालेबाट उम्मेदवार बनेकी सुनिता डङ्गोल निर्वाचित हुने पक्का भएको छ । उनले सबैभन्दा धेरै मत पाएकी छन् । कूल १ लाख ९१ हजार १२५ मतमध्ये १ लाख ७१ हजार ८०२ मत गणना भइसकेको छ । अहिले १९ हजार ३२३ मत गणना भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja