पोखराको दुई वडामा पुनः मतगणनाको मागसहित कांग्रेसले पनि दियो निवेदन



पोखरा

नेपाली कांग्रेसले पनि पोखरा महानगरपालिकाको २ वटा वडाको पुनः मतगणनाको माग गरेको छ।

कांग्रेसले पोखरा महानगरपालिका वडा नम्बर १ र १७ मा पुनः मतगणनाको माग गर्दै मुख्य निर्वाचन कार्यालय कास्कीलाई निवेदन पठाएको हो । दुवै वडामा नेपाली कांग्रेसका उम्मेदवार पराजित भएका छन्।

वडा नम्बर १ मा एमालेकी सहारा प्रधान ४१ मत अन्तरले विजयी भएकी छन्। प्रधानले एक हजार १४५ ल्याउदा कांग्रेस उम्मेदवार सीता गुरुङले एक हजार १०४ मत पाएकी थिइन्।

यस्तै, वडा नम्बर १७ मा ८३ मत अन्तरले एमालेकी राधिका शाही विजयी भएकी छन्। शाहीले दुई हजार ६२५ र कांग्रेस उम्मेदवार देवराज आचार्यले दुई हजार ५४२ मत पाएका थिए।

यसअघि नेकपा एमालेले वडा नम्बर १८ र ३१ को मतपरिणाम अस्विकार गर्दै पुनः मतगणनाको माग गरेको थियो । एमालेका प्रतिनिधि मतगणनामा सहभागी हुन नमान्दा अहिले मतगणना नै स्थगित भएको छ।

हेर्नुस् निवेदन

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja