राष्ट्रपति भण्डारी: “गरिब तथा विपन्न घरपरिवारलाई परिचयपत्र वितरण गरी सुविधा दिइनेछ”



पोखरा

सरकारले गरिब तथा विपन्न घरपरिवारलाई परिचयपत्र वितरण गरी त्यसैका आधारमा सुविधा दिने भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष ०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै पहिचान गरिएका गरिब तथा विपन्न घरपरिवारलाई परिचयपत्र वितरण गरी परिचयपत्रका आधारमा सुविधा दिइने बताइन् ।

त्यस्तै, हिमाली तथा उच्च पहाडी जिल्लामा सञ्चालित जीविकोपार्जन कार्यक्रमलाई मानव विकास सूचकांकमा पछाडि परेका जिल्लामा विस्तार गरिने उनले जानकारी दिइन् ।सरकारले गरिब घर पहिचानमा १० वर्षदेखि लगानी गरिरहेको छ ।

तर, ती परिवारले परिचयपत्र पाए पनि कुनै सुविधा भने पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja