सेन्ट लरेन्स कलेजका शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित



पोखरा

काठमाडौँको चावहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकले यौन दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरूले विरोध प्रदर्शन गरेका छन् ।  विद्यार्थीहरूले घटनाको निष्पक्ष छानविनका साथै दोषीलाई कडा कारवाही गर्नुपर्ने भन्दै गौशाला प्रहरी कार्यालय अगाडि धर्ना दिँदै प्रदर्शन गरेका हुन् ।

कलेजमा सामाजिक विषय पढाउने शिक्षक जनार्दन अधिकारीले केही समययता ११ र १२ कक्षामा पढ्ने छात्रालाई दुर्व्यवहार गरेको आरोप विद्यार्थीहरूले लगाएका छन् । यस विषयमा पटक–पटक कलेज व्यवस्थापनलाई यसबारेमा जानकारी दिँदा पनि कुनै सुनुवाई नभएपछि बाध्य भएर प्रदर्शन गर्नुपरेको विद्यार्थीहरूको भनाई छ ।  

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
Logo
pokharaaaja.com is your news, entertainment, music fashion website. We provide you with the latest breaking news and videos straight from the entertainment industry .

हाम्रोबारे


सम्पादक/सञ्चालक:- पुनम भट्ट भट्टराई

प्रकाशक:- अशेष भट्टराई

प्रेस प्रतिनिधि:- आशिष भट्टराई

सम्पर्क नं. :- ९८५६०४८८९५

सूचना विभागमा दर्ता नं. : १४०३/०७५-७६

सामाजिक संजाल


©2024 Pokharaaaja